रौतहट । गौर नगरपालिका रौतहटको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीले बाजी मारेकाे छ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयर पदमा बाजी मारेको हो ।
बाजीगर मेयर साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका थिए भने गुप्ताले ३ हजार ७ सय ५५ मत ल्याएर असह्य पराजित व्यहोर्नु पर्यो। नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले मात्र ३ हजार २ सय ११ मत पाएका थिए।
उपमेयर पदमा पनि नेकपा एकीकृत समाजवादीकै शैलकुमारी साह विजय भएकी छन् । उनले ४ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत र कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९ सय ४४ मत प्राप्त गरका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १६:२६