रुकुम। आठबीसकोट नगरपालिका रुकुम पश्चिमको प्रमुख र उप प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।
नगर प्रमुखमा रवि केसी र उप प्रमुखमा धनकुमारी शाही विजयी भएको छ । केसीले ७ हजार ३ सय ९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेको हो ।
बटालाले ६ हजार ६ सय १५ मत पाएका छन् । सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको थियो।
उप-प्रमुखमा विजयी शाहीले ७ हजार २ सय ६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २ सय ६८ मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १८:५९