अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ।
नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेद्वार कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३ सय ९६ मतकासाथ विजयी भएको हो ।
श्रेष्ठ निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ९ हजार ५ सय ३५ मत प्राप्त गरेको थियो।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेकै तर्फबाट श्रेष्ठ उम्मेदवार थियो। त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग १ हजार १ सय ३ मतले पराजित भएका थिए ।
यस्तैगरी उप प्रमुखमा पनि नेकपा एमालेकै मिश्रा आचार्य विजयी भएको छ । आचार्यले ९ हजार ६ सय ४६ मत प्राप्त गरेर विजयी बनेको छ।
गठबन्धनबाट उम्मेदवार बनेका (माओवादी केन्द्र) का राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मत ल्याएका छ ।
सन्धिखर्कमा वडा–१, ३, ४, ५, ८, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा–२, ६, ७ र ९ मा एमाले र वडा–१० मा माओवादी केन्द्र विजयी भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ २१:४६