स्याङ्जा । चापाकोट नगरपालिका स्याङ्जाको को प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
प्रमुख पदमा कांग्रेसका देवबहादुर खाँण ९ सय ३५ मतान्तरले विजयी भएको छ । उनले ७ हजार ४ सय ९० मत प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५ सय ५५ मत पाएका थिए।
त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसकै इशा राना १ हजार ३७ मतान्तरले विजयी भएको छ । उनले ७ हजार ४ सय १३ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३ सय ७६ मत ल्याएका थिए।
कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका–३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएको छ।
चापाकोट नगरपालिकामा २१ हजार ५ सय ४६ मतदाता रहेकोमा १४ हजार ५ सय ६ जनाले मतदान गरेका थिए।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ २३:०५