गोेरखा। पालुङटार नगरपालिका गोरखामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको गृहनगर समेत रहेको गोरखा पालुङटार माओबादीको कब्जामा परेको हो ।
पालुङटारमा जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएको हो ।
नगरपालिकाको मेयर पदमा माओवादीका विवस चिन्तन ६ हजार ७२ मतकासाथ विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७ सात १७ मत पाएका छन्।
निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेका छन् । उनले ४ हजार ९ सय ९७ मत प्राप्त गरे भने एमालेका हरि भट्टलाई ९ सय ४१ मत आएको छ ।
यस्तै, उपमेयर पदमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५ हजार ५ सय ७९ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन् ।
गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २ सय ८१ मतका साथ तेस्रो स्थानमा बसेकी छन् । पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ०८:०६