बुटवल । मायादेवी गाउँपालिका रुपन्देहीको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरीले ५ हजार ३ सय ८६ मत पाएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको हो।
चौधरी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४ हजार ९ सय ४२ मत पाएर निर्वाचित भएकी छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरेकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ०८:३४