कपिलवस्तु । बाणगंगा नगरपालिका कपिलवस्तुमा नेकपा एमालेका प्रमुख र उप प्रमुखका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९ सय ९९ मत प्राप्त गरेर विजय भएको हो भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३ सय ६० मत प्राप्त गरेका छुन् ।
यी दुबै उम्मेदवारबीच ६ सय ३९ मतको अन्तरले हार जितकाे फैसला भएको छ।
त्यसैगरी उप प्रमुखमा नेकपा एमालेकै रीता चौधरीले १९ हजार ३ सय ९८ मत ल्याई चुनाव जितेकी छिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४ सय ६४ मत प्राप्त गरेकी छन् ।
वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उप प्रमुख सहित ६ वटा वडा जितेको छ भने कांग्रेसले ४ वटा वडा र माओवादीले एक वडा जितेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ०९:३६