बागलुङ । बडिगाड गाउँपालिका बागलुङको अध्यक्ष पदमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुख पदमा निर्वाचित हुने जिल्लाकै पहिलो साहसिक महिला महिला बनेकी उनको विजय पनि उत्तिकै रोचक रहेको छ ।
विसं. २०७४ सालको निर्वाचनमा नेकपा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापाले यस पटक भने पाइजाकै छोरा राजनकुमार पाइजालाई पराजित गरेर उदायकी छन् ।
अध्यक्ष पदमा निर्वाचित थापाले ७ हजार २ सय ७३ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी राजनकुमारले ५ हजार ७ सय मत पाएका छन्।
अघिल्लो निर्वाचनमा ५ सय ९२ मत अन्तरले मेहरसिंहसँग हार व्यहोरेकी गण्डकी थापाले यो पटक उनका छोरा राजनकुमारलाई १ हजार ५ सय ७३ मत अन्तरले पराजित गरेकी हुन् ।
गाउँपालिका उपाध्यक्ष पदमा भने राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १ एक ३ मत प्राप्त गरेका छन् भने एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत ल्याएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १३:०४