सुनसरी । इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ ।
सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिता कुमारी मेहता विजयी भएको हो ।
नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई २ हजार ७ सय ७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भएका छन् ।
सुनसरीको सदरमुकाम समेत रहेको नगरपालिकामा भण्डारीले ११ हजार ६ सय १६ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे ।
त्यसैगरी उप प्रमुख पदमा नेकपा ९एमाले०का सहजादी प्रवीणलाई १ हजार ९ सय १८ मतान्तरले पराजित गर्दै मेहता विजयी भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ २२:३०