रुपन्देही । सियारी गाउँपालिका रुपन्देहीको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।
अध्यक्ष पदमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपाध्यक्ष पदमा कांग्रेसका तारा थारु ८ हजार ९ सय ९० मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी एमालेकै अमृता गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए अनुसार वडा–१ मा राप्रपाका अरुणकुमार शाही, वडा–२ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएको छ।
त्यस्तैगर, वडा–४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी भएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ २२:३७