-निशान बुढाथोकी
तिम्ले छोएको फूललाई मैले छुँदा पात भयो
थाहै नपाई, पत्तै नपाई हाम्रो नौलो साथ भयो
भिडैभिडबाट पनि यस्तो म त उस्लाई हेर्थेँ
थियो घर पूर्व-पश्चिम तर एउटै जात थियो
कसो कसो किन मैले उस्लाई मन पराएँछु
उस्को तस्वीर सिरानीमा निकै ठूलो खात थियो
सम्झनाका लहरहरु आइरन्थ्यो बारम्वार
एकान्त मै बस्नु पर्ने हाम्रो छुट्टै बात थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७ १०:१८