भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेको छ ।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहालले ३ हजार ३ सय १० मतान्तरले अग्रता लिएको छ।
महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेको हो।
दाहालले २० हजार ४ सय ९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १ सय ८२ मत प्राप्त गरेको छ।
यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८ सय ८२ मत प्राप्त गरेको छ ।
उप प्रमुख पदमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६ सय ४६ मत प्राप्त गरेको छ ।
भरतपुर महानगरमा वडा–१, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा–७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा–३ मा एमाले विजयी भएको छ ।
वडा–११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ ०८:२३