झापा । दमक नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा) का उम्मेदवार रामकुमार थापा विजयी भएका छन्।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५ सय ५९ मत अन्तरले हराएको हो ।
मेयरमा निर्वाचित थापाले १७ हजार ५ सय २५ र पौडेलले १६ हजार ९ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिएका हुन् ।
यसैगरी उप प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छ्न् । भट्टराई १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ ११:१६