चितवन। भरतपुर महानगरपालिकामा अब करिब ३२ हजार भोट मात्रै गणना हुन बाँकी रहेको छ।
आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेका मध्येमा ९५ हजार ३ सय ११ मत गणना भइसकेको हो ।
यस हिसावले अब ३२ हजार २ सय ५५ मत गणना हुन बाँकी रहेको छ ।
प्राप्त मतपरिणाम अनुसार ९५ हजार ३ सय ११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार १ एक ५४ मतको अग्रता लिएकी छन् ।
नेकपा माओबादी केन्द्रकी दाहालले ३७ हजार ४ सय ६८ प्राप्त गर्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३ सय १४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३ सय ५९ मत प्राप्त गरेका छन्।
त्यस्तै, उप मेयर पदमा चित्रसेन अधिकारी जिततर्फ अघि बढिरहेका छन् । नेपाली काँग्रेसका अधिकारीले ३९ हजार ६ सय ३९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २ सय १२ मत प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १७:१५