सुनसरी । धरान उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन्।
विजयी ३९ वर्षीय राईले काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएको हो।
लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका स्वतन्त्र उम्मेदवार हर्कराज राईले सफलता हासिल गरेका हुन्।
स्वतन्त्र उम्मेदवार राईले २० हजार ८ सय २१ मतका साथ विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाएका छन् ।
नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८ सय २५ मत पाएर तेस्रो बनेकी छन् ।
निर्वाचन आयोगका अनुसार उप मेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५ सय १० मत पाएर विजयी भएका छन्।
राईका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६ सय ६ मत पाएर पराजित बनेका छन् । उप मेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १ सय २९ मत पाएर पराजित बनेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १८:३१