काठमाडौं । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका उत्तम सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस भएको छ।
नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएको हो।
बढुवाको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी रहेका छन् भने त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेर हदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १२:३१