काठमाडौ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५ सय ३० मत प्राप्त गरी अग्रस्थान कायम गरेको छ ।
जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६ सय ४८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याएको छ ।
त्यस्तै, उप प्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले ५६ हजार २ सय ६८ मत ल्याएर अग्रस्थानमा छन् भने उप प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १ सय ५३ मत पाएको छ।
वडा–१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा–१३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ।
काठमाडौ महानगरपालिकामा हालसम्म १ लाख ५३ हजार ४ सय ४ मतगणना भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ २१:२१