काठमाडौ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा–१४ र १५ को मतगणना जारी रहेको छ।
बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेका छन्।
धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएका छन्।
अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनीधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।
त्यसैगरी हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उप-प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:३६