काठमाडौं । जोमसोमका लागि तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको भएकाे छ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको थियो।
पोखराबाट जोमसोमको लागि २२ जना यात्रु लिएर उडेको तारा एयरको 9 N AET ट्विनअटर बिमान मुस्ताङको लेतेभिर आसपासमा दुर्घटनाग्रस्त हुन सक्ने जानकारीमा आएकाे छ।
जहाजमा विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए।
यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन्।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ ११:५५