काठमाडौ । साहित्य सञ्चार नेपालको दोस्रो साहित्यिक सत्सङ्ग-२०७९ विशेष कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यिक सत्सङ्ग -२०७९ कार्यक्रममा प्रकाश ए राजका ३ पुस्तकहरू, रामकुमार पाँडेको एक पुस्तक, अशोकमान सिंहको पुस्तक र नक्शा, यादव ढुङ्गानाको पुस्तक विमोचन गरिएको हाे।

कार्यक्रमको पहिलो चरणमा साहित्य सञ्चार वुलेटिन पूर्णाङ्क १ र रामकुमार पाँडे व्यक्ति कृतिको नेपाली र अङ्ग्रेजीमा लेखिएको परिचय पुस्तिका विमोचन तथा वितरण गरिएको थियो।
कार्यक्रममा सहभागीहरुबाट रचना वाचन गरिएको थियो भने वरिष्ठ कवि तथा साहित्यकार शान्तिनारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई मित्रबन्धु पौडेलले सञ्चालन गरेको थियो।

दोस्रो साहित्यिक सत्सङ्ग कार्यक्रमका सभापति रामकुमार पाँडेले नेपालमा अप्रत्यक्ष रुपमा योग्य साहित्यकारलाई सरकारले उचित सम्मान गर्न नसकेको र अयोग्यलाई माथि लगेर एक प्रकारको प्रतिभाको हत्या भइरहेको व्यक्त गर्दै साहित्यकारको जागरण ल्याउनु पर्ने र नवप्रवर्तनमा लागि साहित्य विकासमा विद्रोह बोल्नुपर्ने बेला आइसकेको वताएका थिए।


सभापति पाँडेले पद र पगरीमा पुनर्विचार गर्दै आजको हाम्रो समयको महाकवि को ? कवि शिरोमणि को ? के राष्ट्र कवि भएपछि राष्ट्र उपन्यासकार हुने की नहुने ? बालसाहित्य शिरोमणि खोई ? आदि प्रश्न गर्दै साहित्यमा योगदान गर्नेको सही सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ २१:२८