काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको हो।
मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५३ कामय भएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु १ हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १ रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ २१:१६