काठमाडौ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
प्रदेशसभाको आज बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी र अन्य दलका नौ जना प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएको थियो।
बैठकमा नेकपा (एमाले) का तर्फबाट ७ जना, विवेकशील साझा पार्टीका १ जना र नेमकिपाका १ जना गरी ९ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएको हो।
उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएकामा बहुमतले अस्वीकृत भएपश्चात् प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
उक्त नीति तथा कार्यक्रम गत जेठ १६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकोतर्फबाट संसद्मा प्रस्तुत गरेको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ २१:२८