काठमाडौ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएको छ।
हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सञ्चालक समितिको बैठकले मिति २०७८।०२।१८गते देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
नेपाल बंगलादेश बैंकबाट बैंकिंग शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संञ्चालन अधिकृतको समेत भुमिका निर्वाह गरीसकेकाले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउनेमा बैंकले विश्वास लिएको छ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिनजङ्ग रायमाझीले बैंकमा पुर्याएका योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ ०८:४८