काठमाडौ । देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भई प्रदेश१ को केही स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागले प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
शनिबार प्रदेश-१ लगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिक बदली भई बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ ०८:५८