काठमाडौ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ।
मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई ४ विकेटले पराजित गरेको हो।
भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेका हुन्।
नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइकी थिइन् भने साना प्रविणले १२ रन जोडिन र सृष्टी जैसीले ८ रन बनाएकी थिइन्।
आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २ तथा एलिसाकुमारी यादवले अविजित २ रन बनाइन्। बलिङमा भूटानकी साङ्गे वाङ्वोले ३ विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो।
भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् भने पेमा याङ्चेनले नौ तथा छाडो ओमले ६ रन जोडेकी थिइन्।
बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई÷दुई विकेट लिएकी थिइन्।
यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग ९युएई० सँग १० विकेटले पराजित भएको थियो।
युएइविरुद्धको खेलमा नेपाल ८ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन्।
नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १५:४०