काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आइएमई पे” र “फुडमाण्डु” वीच सम्झौता भएको छ।
उक्त सम्झौता अनुरुप यहि जेठ २३ गतेदेखि लागू हुनेगरि नयाँ क्यासब्याक अफर याेजना सार्वजनिक गरेको हो।
“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमाण्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन्। यो क्यासब्याकको सीमा ५ सयसम्म मात्र हुनेछ।
यस अफरको नियम स्वरुप केवल फुडमाण्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५ सयसम्म मात्र हुने आइएमई पेले बताएका छन्।
">
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १५:१४