सकिएला जन्ती तर मलामी किन्न सकिन्न
कहिलेकाँही कोइला सम्झि हिरा चिन्न सकिन्न
मपाँइत्वले मात लागेर अन्धो भएका मान्छे सँग
चाहेरै पनि काँधमा काँध मिलाइ हिड्न सकिन्न
भेटी बनोस् जिन्दगी तर टीलो बन्नु नपरोस्
सकेसम्म कसैको मुटुको किलो बन्नु नपरोस्
बन्न सके बनोस् जीवन मलिलो दबदबे नै
चप्पलले छ्यापिने त्यो हिलो बन्नु नपरोस्
-पिपला ढुंगाना
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १०:३२