काठमाडौ । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएको हो ।
बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताएका छन्। पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ ।
इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिएका हुन्।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ०७:५०