काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएको छ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिएको हो।
मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता अध्यक्ष ओलीले औँल्याएका छन् ।
हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिँदै अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा वसोवास गर्ने जनता नै भएको विचार राखेका थिए।
संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर समेत गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १९:३९