काठमाडौ । महालक्ष्मी विकास बैंकको १९औँ वार्षिक साधारणसभा भिडियो कन्फेरेन्स (Virtual Zoom Meeting) मार्फत सफलतापूर्वक सम्पन्न गरेको छ।
साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रशितका दरले बोनस शेयर तथा ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।
साधारणसभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पूजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १ सय ३ वटा शाखा र ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ भने महालक्ष्मी विकास बैंक लि। को ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७ १६:०५