काठमाडौ । १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामना सहित बिदाई गरेका छन् ।
आयोजित विदाई कार्यक्रम समारोहमा सदस्य सचिव घिसिङले यो प्रशिक्षण मात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताएको हो।
सदस्य सचिव घिसिङले यो प्रशिक्षण ९औं राष्ट्रिय खेलकुदका लागि शुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताएका थिए।
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिएका थिए।
राष्ट्रिय खेलकुद परिषदले १९औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।
कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ। १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १७:३८