धनगढी । धनगढीमा भाट भटेनी सुपर स्टोर्सको २३औ शाखा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कैलाली जिल्लाको धनगढी सहरमा सफल तथा कुशल ब्यबस्थापक अनि सङ्लो मनका धनी मीन बहादुर गुरुङद्वारा उक्त सुपर स्टार्सको उद्घाटन गरिएको हो।


उद्घाटन समारोहमा सफल व्यवसायी पहल गुरुङ, डिल्लि गुरुङ, आहा कलिलो तामालाई सोध रामालाई गीतका चर्चित गायक पुर्व प्रहरी निरीक्षक, सुरक्षा प्रमुख छत्र बहादुर गुरुङ र धनगढी नगरपालिकाका मेयर गोपाल हमालको उपस्थिति रहेको थियो।

उद्घाटन पश्चात सुुपरस्टोर्सले प्रदान गर्ने सरल र व्यवसायिक सेवा सुविधाप्रति धनगढीक्षेत्रका व्यवसायी तथा स्थानियबासी खुशी हुनुको साथै सुपर स्टोर्सको सञ्चालक टीमलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ ०६:२७