मोरङ । मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका-३, गछियामा सिभिल बैंकले नयॉ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराकासाथ अगाडी बढिरहेको सिभिल बैंकले उक्त एक्सटेन्सन काउण्टरको राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले उद्घघाटन गरेको हो।
उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश-१ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब उपरान्त त्यस क्षेत्रका सेवाग्राहीहरुले सिभिल बैंकको एक्सटेन्सन काउण्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ सेवा सम्बन्धीका कारोबारहरु सजिलैसँग गर्न पाउने भएका छन् ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई १ सय १५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउण्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छन् ।
साथै बैकको हालसम्म ९७ एटिएम काउण्टर सेवा रहेका छन् । बैंकले हालसम्म करीव ९२ अर्ब निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेको छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९ १२:१३