ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिका-७ खेवाङ ताप्लेजुङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।
वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको हो।
तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए।
पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको बताइएको छ। थप विवरण आउन बाँकी छ।
अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ ०७:५७