काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएको छ ।
पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएको हो।
अध्यक्ष ‘प्रचण्ड’ले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”
एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको अध्यक्ष ‘प्रचण्ड’ले आरोप लगाएका थिए।
अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताउँदै अध्यक्ष ‘प्रचण्ड’ले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ।” पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताएका हुन्।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १२:५०