ललितपुर । ललितपुर महानगरपालिका-२० युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न भएको छ।
उक्त मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण तालिम ललितपुर महानगरपालिका-२० को आर्थिक सहयोगमा उद्घोषण प्रशिक्षण तालिम सम्पन्न भएको हो ।

ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षण तालिममा करिब २० जना युवा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
प्रशिक्षण तालिम आयोजना समापन कार्यक्रम समारोह ललितपुर महानगरपालिका-२० का वडाअध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

शिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तब्यका क्रममा वडाअध्यक्ष महर्जनले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं ब्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताएका थिए भने यस प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीमा यस प्रशिक्षणले मन्तब्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको बताएका थिए।
समारोहमा बोल्दै कार्यक्रमका सभापति, नेपाली काँग्रेस ललितपुर महानगरपालिका-२०, इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुको यस्तै प्रशिक्षणको आयोजना बृद्धि हुनेमा विश्वास व्यक्त गरेका थिए।
त्यस्तैगरी उपस्थित वडा सदस्य गीता महर्जन, मंगलदेवी नेपाली, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले आ-आफ्ना मन्तव्य राखेका थिए भने प्रशिक्षार्थीहरु सानुलाल महर्जन, हिराकाजी शाक्य, मदन महर्जन, प्रमिला शाक्य, पुनिता श्रेष्ठ, रुपकृष्ण कर्माचार्य, राजेन्द्र महर्जन र दुर्गालक्ष्मी शाक्यले आफ्नो प्रशिक्षण तालिम अवधिभरमा आर्जन गरेका अनुभवहरु जानकारी गराएका थिए।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ११:०७