काठमाडौ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आज मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
अन्य प्रदेशका भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश-१ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ ।
गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आङ्शिक बदली रहनेछ ।
प्रदेश-१ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ ०९:५६