काठमाडौं । नयाँ नैकाप, चन्द्रागिरी नगरपालिका-१४ स्थित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सहकारी संस्थाका अध्यक्ष मनोज कुमार थापा मगरको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई क्रमश: न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आएको छ।
आयोजित कार्यक्रम समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सहकारी संस्था अध्यक्ष मनोज कुमार थापा मगरले खादा ओढाई सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियोे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण गरेका थिए।
सञ्जय महर्जनद्वारा सञ्चालित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४० जनाले रक्तदान गरेका थिए भने कार्यक्रम रोहित दियालीको संयोजनमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ २२:००