सुर्खेत । कर्णाली प्रदेशको व्यस्त सहर सुर्खेत–६ जुम्लारोडमा लेभ्लिंग ब्राण्डको इलेक्ट्रिक नयाँ शोरुमको उद्घाटन भएको छ।
उक्त शोरुमको उद्घाटन मिस इन्टरनेशनल २०१७ की बिजयी नीति साह र सुर्खेत बिरेन्द्रनगर नगरपालिकाकाकी मेयर मोहनमाया ढकालले संयुक्त रूपमा उद्घाटन गरेको हो।
विगत ३०औं वर्षदेखि नेपाली बजारमा परिचित व्यवसायिक घरानाका बज्र ग्रुपले विश्व प्रशिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ।
बज्र गु्रप अन्तर्गत इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समयदेखि बिक्रि बितरण गर्दै आइरहेको छ।
लेभ्लिंग स्कूटरको सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइलले बिश्व प्रशिद्ध ब्राण्ड बोस मोटर टेक्नोलोजीबाट निर्मित लेभ्लिंग ब्राण्डका स्कूटरको नेपाली बजारमा व्यापक बिक्री बितरण गरिरहेको छ।
शोरुम उदघाटनको क्रममा सुर्खेतलाई इलेक्ट्रिक भेहिकल सहर घोषणा गरिएको अटोमोबाइल सुर्खेतका सस्थापक प्रेम कुमार बिसीले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १५:४८