काठमाडौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिका-६, नगरकोट, वेशीटोलस्थित चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक विशेष समारोहकाबीच भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त खानेपानीको बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेको हो ।
यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि यसैगरी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जार्ने बैंकले जनाएको छ ।
बैंकले प्रदेश-१ मा ५, प्रदेश-२ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरल तवरले प्रदान गर्दै आईरहेको छ ।
त्यस्तैगरी बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ।
समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपालीजनताको घरदैलोमा विगत २८वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ १९:०७