काठमाडौ । सिभिल बैंकको ९९औं एटिएम पोखरा लेकसाईडमा सञ्चालनमा आएको छ ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराकासाथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम
बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेको हो ।
एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।
हालसम्म ९२ अर्वभन्दा वढी निक्षेप परिचालन गरी करीव ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएम सहित एटिएम संख्या ९९ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९ ०७:१९