काठमाडौ । एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई १/१ लाखको पुरस्कार राशी वितरण गरेको छ।
सो पुरस्कारको राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो ।
काठमाडौं बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेती र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यस योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्र मा रुपैयाँ १/१ लाख जित्न सफल भएका हो ।
एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने हुन्छ।
यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एच.डी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम शोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १२:१७