काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएकोमा चौतर्फी राजीनामाको दबाब बढेको थियो ।
करका दर हेरफेर गराएको विषयमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति समेत गठन भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अर्थमन्त्री शर्माले १ जना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।
बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि अर्थमन्त्री शर्माले थप शंकाको घेरामा परेका हुन्।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १६:४४