सन्तोष कार्की
सुनसरी ।
धरानस्थित आइएमइ लाइफ इन्स्योरेंस कम्पनी शाखा कार्यालयमा मृत्यु दाबी भुक्तानीको कार्यक्रम सम्पन्न गरि दुर्घटनाबाट मृत्यु भएका बीमित स्व. दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको छ।
यस कम्पनीमा मिति (20/09/2018 AD ) २०७४.०६.०४ गतेका दिन १० लाख रुपैयाँ बीमाङ्गको बीमा गरेका बीमित मृतक दिपक मगरको २०७७.०४.८ गते आइतबार सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट २० लाख ६० हजारको चेक मृतककी श्रीमती संगीता राई मगरलाई कम्पनीका प्रदेश नं। एक प्रमुख कर्मराज पौडेलले प्रदान गरेको हो।
कार्यक्रममा आइएमइ लाइफ इन्स्योरेंस धरान शाखा कार्यालयका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु साथै मृतकका आफन्तजनहरुको उपस्थितिबीचमा धरान शाखा कार्यालयका प्रमुख तथा कोशी क्षेत्रका सहायक प्रदेश प्रमुख ओम प्रकाश राईले कार्यक्रम सञ्चालन गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७ ०६:३६