काठमाडौ । नासिरयाह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप ३ स्वर्ण जितेका छन् । यो सँगै उनी यस प्रतियोगितामा ५ स्वर्ण हात पार्न सफल भएका छन् ।
नेपाल पौडी संघले आयोजना गरेको पौडी प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितेको हो।
सातदोवाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायलमा २ मिनट ३.८० सेकेण्डका साथ स्वर्ण जितेका हुन्।
दोश्रो भएका ईरभिन श्रेष्ठले २ मिनट ८.९४ सेकेण्डमा पूरा गरे भने तेश्रो स्थानमा रहेका तेञ्जिन नामडोल रायन गुरुङ्गले २ मिनट ९.०३ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै १०० मिटर ब्रेष्ट स्ट्रोकमा नासिरले १ मिनट १२.४५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । त्यस्तै दोश्रो स्थानमा १ मिनट १२.६८ सेकेण्डमा दुरी पूरा गर्दै विकास कुमाल रहे भने तेश्रो स्थानमा रहेका दिपङ्कर अवालले १ मिनट १४.६० सेकेण्डमा दुरी पूरा गरेका थिए ।
१०० मिटर बटरफ्लाईमा नासिरले ५९.६० सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितेका हुन् । यस विधामा अनुभव सुब्बाले १ मिनट ००.२५ सेकेण्डमा दुरी पूरा गर्दै रजत र अल्भिन महर्जनले १ मिनट ५.२९ सेकेण्डका साथ कास्य पदक प्राप्त गरेका छन् ।
महिलातर्फ दुवाना लामाले २ स्वर्ण र एक रजत प्राप्त गरिन् । दुवानाले २०० मिटर फ्रिस्टायलमा २ मिनट १८.०५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् ।
निभा मास्केले २ मिनट १९.१५ सेकेण्डमा दुरी पूरा गर्दै रजत र अनुशिया तण्डुकारले २ मिनट २४.७० सेकेण्ड समयका साथ कास्य पदक प्राप्त गरेका छन् भने उनले १०० मिटर ब्रेष्टस्ट्रोकमा १ मिनट १८.७७ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पाएकी हुन् ।
यस विधामा उपास्ती महर्जनले रजत प्राप्त गरिन् । उनले उक्त दुरी १ मिनट २३.६३ सेकेण्डमा पूरा गरिन् भने तेश्रो स्थानमा रहेकी रोयल प्रजापतीले १ मिनट २६.६७ सेकेण्डमा दुरी पूरा गरिन् ।
दुवानाले १०० मिटर बटरफ्लाईमा निभा मास्के सँग पराजित हुँदै रजतमा चित्त बुझाईन् । निभाले १ मिनट ९.५१ सेकेण्डमा स्वर्ण, दुवानाले १ मिनट १२.३८ सेकेण्डकासाथ रजत र सियरा सुभाङ्गी बजागाईले १ मिनट २४.१५ सेकेण्डकासाथ कास्य प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १९:१४