- भेषराज पाण्डे
बिहे पस्चातका पलहरुमा रमाउदै गर्दा
जब प्रसव व्यथा सङ्गै बच्चाको आवाजमा मुस्कुराएकी आमा देख्छु,
तिम्लाई सम्झन्छु आमा ।
पढ्न अल्छी लागेर के गरौं भनी सोच्दै गर्दा
जब आमा, मामा अनि क ख सिकाउदै ताते ताते गर्दै गरेकी आमा देख्छु,
तिम्लाई सम्झन्छु आमा ।
विध्यालयका जाँच उत्तिर्ण गर्न गार्हो भईरहदा,
जब छोरा प्रथम भएको खुशीले गदगद भएकी आमा देख्छु,
तिम्लाई सम्झन्छु आमा ।
कामको चाप र पैसाको अभावमा छटपटाईरहदा ,
जब आँ गरि चारो खुवाउदै गरेकी एउटी चरी देख्छु,
तिम्लाई सम्झन्छु आमा ।
तिम्रै औषधि किन्न हस्पिटल जादा पैसा अपुग हुँदा ,
जब शरीर नचली शैयामा लडेकी आमाले छोरा सुम्सुमाएको देख्छु,
तिम्लाई सम्झन्छु आमा ।
जवानीको मातले कान्ला अनि खाल्डो उफ्रदै हिँड्दा,
जब हिँडाइको थकानले आराम गर्दै गरेकी बुढि आमा देख्छु ,
तिम्लाई सम्झन्छु आमा ।
गर्मी छल्न अनि प्रकृति सङ्ग रमाउन सल्लाघारी निस्कँदा
जब स्वाँ स्वाँ गरि सुसाएको सल्लाहरुको आवाज सुन्छु
तिम्लाई सम्झन्छु आमा ।
स्वस्थ रहन भन्दै साँझपखको हिँडाईमा निस्कँदा
जब दिउँसो तेजिलो अनि रापिलो सूर्य अस्ताउदै गरेको देख्छु
तिम्लाई सम्झन्छु आमा ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ ११:२५