ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कूलका प्रिन्सिपल चक्र महर्जनले ५ कक्षामा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् ।
केहिदिन अघि ५ कक्षामा पढ्ने सानो बालकले एक शिक्षिकालाई मुख छोडेको भन्दै स्कुलमा प्रिन्सिपल महर्जनले फलामको स्केलले पिटेका हो ।
प्रिन्सिपलको पिटाईले वालकलाई चोट लागेको छ भने जीउको अघाडि र पछाडी भागमा स्केलको डामैडाम छ र स्केलको धारले काटिएको घाउ देखिन्छ । फोटोमा देखिएको भाग पछाडिको मात्र हो ।
बाल संवेदनालाई ख्याल गर्दै अघाडिको भागको फोटो देखाउन सकिएको छैन । उक्त पिटाईका कारण बालकको संरक्षकले महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएपनि पछि जाहेरी दरखास्त नदिएका कारण कारवाही अघाडि बढाउन नसकेको एक प्रहरीले जनाएको छ।
तर विचौलियाका कारण जाहेरी दरखास्त दिन डर लागेको परिवारजनले बताएको छ । वालकको चोट र घाउको चेक जाँच भने पाटन हस्पिटलमा भईसकेको छ ।
यसअघि विद्यालयका शिक्षिकाले पिटेको बताईएको थियो । तर प्रिन्सिपल आफैंले यसरी ११ वर्षको कमलो शरीरमा निर्घात कुटपिट गरेका छन् । विद्यार्थीलाई नकारात्मक व्यवहार गर्नु र गम्भिर चोट लाग्ने गरि पिट्नु बालअधिकारको हनन् र कुटपिटको समेत फौजदारी मुद्धा हो ।
फौजदारी मुद्धा मेलमिलाप गर्ने मुद्धा होईन । फौजदारी अपराध मेलमिलाप गर्ने र गराउने समेत अपराधको मतियार हुन सक्छन्।
यसलाई संरक्षकहरु जाहेरी दिन तयार भएको तर विचौलियाका कारण परिवार पक्ष कमजोर भएको थाहा हुन आएको छ। परिवार पक्षले कारवाही हुनुपर्ने माग गरेपनि विचौलिया र आफन्तका कारण अघाडि बढ्न आँट नगरेको एक परिवार सदस्यले बताए।
विचौलियाका कारण बालकलाई १० कक्षासम्म निःशुल्क पढाउने घरेलु कागज समेतमा प्रिन्सिपल महर्जनले हस्ताक्षर गरेको खुलेको छ । तर उक्त कागजमा हस्ताक्षर प्रहरी चौकीकै परिसरमा भएपनि प्रहरीलाई थाहा नभएको प्रहरी स्रोतले बताएका छन्।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १९:२५