काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर २ हजार १.५३ अङ्कमा पुगेको होृ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ ।
कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए भने कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ५८ अर्ब १ करोड ८३ लाख बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ७.३, व्यापार ५.९१, होटल तथा पर्यटन १०.७, विकास बैंक ३३.०७, जलविद्युत् ४७.२८, वित्त २५.२६, निर्जीवन बीमा २८.७७, उत्पादन ३७.९६, अन्य ५.०४, लघुवित्त ५५.५२, जीवन बीमा ११.७८, सामूहिक लगानी ०.११ र लगानी ०.०३ अङ्कले उकालो लाग्यो।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३० करोड १८ लाख ८६ हजार ७३८ बराबरको कारोबार भएका छन् ।
माथिल्लो तामाकोसी १४ करोड १३ लाख ८१ हजार ३८१, एशियन लाइफ इन्स्योरेन्स ८ करोड ४६ लाख ५८ हजार ८४४, शिवम् सिमेन्ट ८ करोड ३९ लाख ७१ हजार ५१६ र हिमालयन डिस्टिलरी ६ करोड ६४ लाख ४३ हजार ५३६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार एनआइबीएल प्रगति फण्ड ९.९८, प्रभु सेलेक्ट फण्ड ७.९७, माथिल्लो तामाकोसी ७.१४, नबिल ब्यालेन्स फण्ड दोस्रो ६.९० र रिभर फल्स पावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्स ५.०१, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३१, समिट लघुवित्त ३.०९, लक्ष्मी लघुवित्त ३.०१ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले २.८४ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १९:११