काठमाडौ । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ ।
नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने ८ उपसमूहको ओरालो लाग्यो। बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लाग्यो ।
व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।
चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भएको छ ।
यस्तै एभरेष्ट बैंक ६ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त ५ करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी ४ करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर ४ करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुच्छ्रे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् ।
ग्रिन लाइफ हाइड्रोपावर ५.३१, माउन्टेन हाइड्रो नेपाल ४.७६, रिभर फल्स पावर ४.७२, बोटलर्स नेपाल तराई ३.९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाएका छन् ।