काठमाडौ । मालदिभ्समा आयोजना भईरहेको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् मा नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले कास्य पदक प्राप्त गरेकाे छ ।
राईले शारिरीक सुगठन तथा फिट्नेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएकाे हाे ।
राईले १७० से.मि. तौलसम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् ।
फिजिक स्पोर्टस् प्रतियोगतामा २४ राष्ट्र सहभागि सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिक तर्फ पदक जित्न सफल भएको उपाध्यक्ष राजभण्डारीले जानकारी गराएका हुन्।
यसअघि पनि नेपाली खेलाडीहरुले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । सोहि प्रतियोगिताका दौरान शारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पुर्याए वापत विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई Distinguished Award ले सम्मान गरेको समेत मालदिभ्सबाट उपाध्यक्ष भण्डारीले जानकारी गराए ।
प्रतियोगतामा राजु सहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन त्यसतर्फ गएका छन् । सुजिताले सोमबार आफ्नो फिजिक अन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवम् संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा रहेका छन् ।
नेपालले २०२३ मा ५५औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १४:१४